उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा २ दिन बिदा

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा २ दिन बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी बैशाख १५ गते उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रका विद्यालयमा २ दिन बिदा हुने भएको छ ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशसभा क्षेत्र बझाङ १(१) मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा २ दिन सार्वजनिक बिदा हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा २ दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्र पठाउने निर्णय गरिएको जनाइएको छ ।

आयोगले निर्वाचन व्यवस्थापनका लागि आउँदो बैशाख १३ र १४ गते बिदा दिनुपर्ने माग गरेको छ । चुनाव हुने दिन बैशाख १५ गते शनिबार भएकाले स्वतः बिदा नै छ ।

‘उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्यसञ्चालन गर्न मिति २०८१/१/१३ देखि मिति २०८१/१/१५ सम्म ३ दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म २ दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारमा लेखी पठाउने,’ विज्ञप्तिमा भनिएको छ ।