काठमाण्डु – अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भोलि बिहीबार बिहान मतदान हुने भएको छ ।
निर्वाचन समितिले प्राविधिक तयारी नपुगेपछि मतदान भोलिलाई सारेको छ ।
निर्वाचन समितिले यसअघि बुधबारै राति ८ बजेदेखि मध्यरात २ बजेसम्म मतदान गराउने तयारी गरे पनि प्राविधिक समस्या र सुरक्षाकर्मीको सल्लाहका कारण मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
अनेरास्ववियुको अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामा रहेका छन् । अनेरास्ववियुमा सहमति गर्न पार्टी नेतृत्वले निर्देशन दिएपछि निर्वाचन लम्बिँदै गएको छ ।




प्रतिक्रिया