भक्तपुरमा ५५ प्रतिशत मत खस्यो

भक्तपुरमा ५५ प्रतिशत मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुर क्षेत्र नं. १ (क)को प्रदेशसभा सदस्यको लागि भइरहेको उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ ।

चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० समावेश भएको यस क्षेत्रको मतदानमा दिँउसो २ बजेसम्म ५५ प्रतिशत मत खसेको हो ।

पछिल्लो विवरण अनुसार चाँगुनारायण नगरपालिका २ दुवाकोट गाविस मतदान केन्द्रमा ८ सय पुरुष र र ९ सय ३० महिला गरी कुल १ हजार ७ सय ३० मत खसेको छ । सो मतदान केन्द्रमा ३ हजार १ सय २५ मतदाता रहेका छन् ।

त्यस्तै, चाँगुनारायण नगरपालिका ३, झौखेलस्थित यापीभैरव आधारभूत विद्यालय मतदान केन्द्रमा १ हजार १ सय ३२ मतदाता मध्ये ३२० पुरुष र ३५६ महिला गरी कुल ६ सय ७८ मत खसेको छ । झौखेलकै गाविस भवन मतदान केन्द्रमा ४०२ पुरुष र ४५१ महिला गरी कुल ८५३ मत खसेको छ । सो केन्द्रमा १३६० मतदाता रहेका छन् ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका ५, छालिङको नाट्यश्वरी आधारभुत विद्यालय केन्द्रमा ४८७ पुरुष र ४९४ महिला गरी ९८१ मत खसेको छ । सो केन्द्रमा २२०३ मतदाता रहेका छन् ।

उम्मेदवारहरूमध्ये नेकपाका डिपी ढकालले भक्तपुर नगरपालिका १० सरस्वती विद्यालगृह मतदान केन्द्रमा मतदान गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल चाँगुनारायणस्थित न्याचोपौवा आधारभूत विद्यालयमा मतदान गरेका थिए ।