दल दर्ता गराउने आज अन्तिम दिन, अहिलेसम्म कुन-कुन दल दर्ता भयो ? (नामसहित)

दल दर्ता गराउने आज अन्तिम दिन, अहिलेसम्म कुन-कुन दल दर्ता भयो ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने बुधबार अन्तिम दिन रहेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय बुधबारबाट समाप्त हुन लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् ।

पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नवीकरणका लागि अन्तिम दिन रहेको छ ।