यस्तो छ प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका

यस्तो छ प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वनजिक भएको छ ।

निर्वाचनआउन ८९ दिन बाँकी रहँदा निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको हो ।

निर्वाचनको दिन नजिकिँदै जाँदा आयोगले आवश्यक तयारी पनि तीव्र पारेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन्।

आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्दैछ । त्यसका लागि आयोगले मंसिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मंसिर २४ गते प्रकाशित हुनेछ।

यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ।

यस्तै, आगामी माघ ३० गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय गरिएको छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ। उम्मेदवारीमाथि माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ।

यस्तै माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान फागुन २१ गते हुनेछ ।