निर्वाचन आयोगले भन्यो – मतदानस्थल यकिन गर्नू, २६ गतेभित्र नाम सार्न सकिने

निर्वाचन आयोगले भन्यो – मतदानस्थल यकिन गर्नू, २६ गतेभित्र नाम सार्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै आममतदाताको सहजता र सुविधाका लागि विभिन्न मतदानस्थलहरू पुनरावलोकन गरेको जनाउँदै मतदानस्थल यकिन गर्न सूचना निकालेको छ ।

आयोगले पुनरावलोकनपश्चात् यदि कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा नामावलीमा समावेश हुन छुट भएको भए दाबी विरोध कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

आयोगका अनुसार हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रममा मतदाताहरूले मंसिर २६ गतेभित्र नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने र दाबी विरोध गर्ने लगायतका काम गर्न सक्नेछन् ।

आयोगले मतदाताहरूलाई एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने विशेष सुविधा समेत दिएको छ ।

यदि कुनै मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गएर वा आयोगको आधिकारिक वेबसाइटमार्फत अनलाइन निवेदन समेत दिन सक्नेछन् ।

निर्वाचन आयोगले आम मतदाताहरूलाई निर्धारित समयसीमाभित्र नाम सार्ने सुविधाको उपयोग गरी आफ्नो मतदानस्थल यकिन गर्न अनुरोध गरेको छ ।