काठमाण्डु – निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगले मंगलबार निर्णय गर्दै लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएको जनाएको छ ।
लगातार लेखापरीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको छ । जरिवाना नबुझाएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ ।
खारेज भएका दलमा आमआदमी पार्टी–नेपाल, नेपाल कम्युनिस्ट पार्टी–लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी–गौरवशाली र माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन् ।




प्रतिक्रिया