सबै दलका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक, दाबी विरोध गर्न आह्वान

सबै दलका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक, दाबी विरोध गर्न आह्वान


काठमाण्डु – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि दर्ता भएका उम्मेदवारहरूको योग्यतामाथि दाबी विरोध गर्न आह्वान गरेको छ ।

आईतबार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै निर्वाचन आयोगले सूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध गर्न चाहने मतदाताले तोकिएको समय सीमाभित्र निवेदन दिन सक्ने जनाएको छ ।

सूचनाअनुसार दाबी विरोध गर्न चाहनेले मिति २०८२/१०/०५ देखि २०८२/१०/०७ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध दर्ता गराउन सक्नेछन् ।

यस्तो छ सूची –