निर्वाचन आउन ४२ दिन बाँकी : आज उम्मेदवारको नामावली प्रकाशन, निर्वाचन चिह्न भोलि दिइने

निर्वाचन आउन ४२ दिन बाँकी : आज उम्मेदवारको नामावली प्रकाशन, निर्वाचन चिह्न भोलि दिइने


काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ४२ दिन बाँकी रहँदा निर्वाचन प्रक्रिया जारी छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिनेछ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने म्यादपछि नामावलीको तयारीमा आयोग जुटेको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

यसअघि बुधबार उम्मेदवारको विरोधमा उजुरीका लागि समय दिइएको थियो।

यसपछि शुक्रबार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
यस्तै त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।