काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार गठबन्धन दलका उम्मेदवार विजयी भएका हुन् ।
कोशी प्रदेशमा नेकपा एमालेका रोशनी मेचे, सोमनाथ पोर्तेल, नेपाली कांग्रेसका सुनिलबहादुर थापा, मधेशमा नेकपा एमालेका रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान, रंजित कर्ण, लोसपा नेपालका महन्थ ठाकुर, बागमती प्रदेशमा कांग्रेसका गीता देवकोटा, एमालेका प्रेमप्रसाद सापकोटा, गण्डकीमा एमालेका सम्झना देवकोटा, कांग्रेसका जगत तिमिल्सिना, लुम्बिनीमा एमालेकी रामुकमारी झाक्री, कांग्रेसका वासुदेव घिमिरे, कर्णालीमा एमालेका मीनासिंह रखाल, कांग्रेसका ललितजङ्ग शाही, सुदूरपश्चिममा एमालेका लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती निर्वाचित भएका छन् ।




प्रतिक्रिया