निर्वाचनमा स्वतन्त्र मतदान गर्न पाउने वातावरण होस् : उपराष्ट्रपति यादव

निर्वाचनमा स्वतन्त्र मतदान गर्न पाउने वातावरण होस् : उपराष्ट्रपति यादव


काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने वातावरण हुनुपर्ने बताएका छन् ।

शनिवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताए ।

यसका लागि सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्ने बताए ।

पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आग्रह गरे । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात् गर्दै राष्ट्र निर्माण लाग्न पनि आह्वान गरे ।

उनले भने ‘आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार हो । यसका लागि सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्छ । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौं । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात् गर्दै राष्ट्र निर्माणमा निर्वाह गरौं ।’