कुन दलको उम्मेदवार कति ?

कुन दलको उम्मेदवार कति ?

सबै १६५ क्षेत्रबाट मात्र कांग्रेसको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा १६५ वटै स्थानमा उम्मेदवारी दिने एकमात्र पार्टी नेपाली कांग्रेस बनेको छ ।प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते हुँदैछ । निर्वाचन आयोगका अनुसार कांग्रेस बाहेक कुनै पनि दलले १६५ वटा स्थानमा उम्मेदवारी दिएको छैन ।

यसपटकको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुको संख्या उल्लेख्य छ । सांसद बन्ने आकांक्षा राख्दै एक हजार १४३ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

आयोगको विवरणअनुसार आठ वटा पार्टीले मात्र एक÷एक जना उम्मेदवार उठाएका छन् ।दलगत रुपमा प्रत्यक्ष निर्वाचनमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समान उम्मेदवार उठाएका छन् ।

यी दलहले १६४ क्षेत्रमा उम्मेदवारी दिएका छन् । एमाले, नेकपा र रास्वपाले एक÷एक स्थानमा उम्मेदवार उठाएका छैनन् ।धेरै स्थानमा उम्मेदवारी दिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ । राप्रपाले १६३ स्थानमा उम्मेदवारी दिएको छ ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)ले १३० स्थानमा उम्मेदवारी दिएको छ भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १२० जना उम्मेदवार खडा गरेको छ ।यस्तै, मंगोल नेशनल अर्गनाइजेसनले ११३ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टीले १०५ र आम जनता पार्टी (एकल चुनाव चिह्न)ले ९८ जना उम्मेदवार लिएर निर्वाचनमा भाग लिएको छ ।

यसैगरी जनता समाजवादी पार्टी, नेपालले ९४, प्रगतिशील लोकतान्त्रिक पार्टीले ८२, राष्ट्रिय जनमोर्चाले ७० र जनमत पार्टीले ६१ जनालाई चुनावी मैदानमा उतारेको छ ।

यस्तै, नेशनल रिपब्लिक नेपालबाट ४६, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ३५, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) ३३ जना, मितेरी पार्टी नेपाल २९ जना, नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिह्न) २४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २३ स्थानमा उम्मेदवारी दिएको छ ।

यसैगरी संयुक्त नागरिक पार्टीले २१, नेपाल जनता पार्टीले २०, जनता समाजवादी पार्टी (एकल चुनाव चिह्न) ले १९, नेपाल जनमुक्ति पार्टीले १८, राष्ट्रिय जनमुक्ति पार्टीले १७, राष्ट्रिय परिवर्तन पार्टीले १७ र जय मातृभूमि पार्टीले १४ क्षेत्रबाट उम्मेदवारी दिएर निर्वाचनमा होमिएको छ ।

यसैगरी, राष्ट्र निर्माण दल नेपाल १३ जना, नेपालका लागि नेपाली पार्टी १० जना, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिह्न) ८ जना, नेपाल जनसेवा पार्टी ७ जना, बहुजन एकता पार्टी नेपाल (एकल चुनाव चिह्न)बाट ७ जना उम्मेदवार छन् ।
त्यसैगरी जन अधिकार पार्टीबाट ६ जना, नेपाल मानवतावादी पार्टीबाट ६ जना, समावेशी समाजवादी पार्टीबाट ६ र सार्वभौम नागरिक पार्टीबाट ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाल लोकतान्त्रिक पार्टी, नेपाली जनता दल र राष्ट्रिय एकता दलले ५/५ जना उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।जनता लोकतान्त्रिक पार्टी, नेपाल, राष्ट्रिय जनमत पाटी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) र जनादेश पार्टी नेपाल (एकल चुनाव चिह्न) ले चार/चार जना उम्मेदवार उठाएका छन् ।

गतिशील लोकतान्त्रिक पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल (एकल चुनाव चिह्न), त्रिमूल नेपाल, नेपाल जनता संरक्षण पार्टी, पिपुल्स फष्र्ट पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन शक्ति पार्टी, राष्ट्रिय उर्जाशील पार्टी, नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले तीन/तीन जना उम्मेदवार उतारेका छन् ।

दुई/दुई स्थानमा उम्मेदवार उठाउनेमा नागरिक उन्मुक्ति पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, युनाइटेड नेपाल डिमोक्रयाटीक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल र स्वाभिमान पार्टी छन् ।

एक/एक स्थानमा उम्मेदवारी दिने दलहरूमा इतिहासिक जनता पार्टी, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी), नेपाल मातृभूमि पाटी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय सद्भावना पार्टी र राष्ट्रिय साझा पार्टी छन् ।