चुनाव प्रचारको नौलो अभ्यास, गुलाब बोकेर देउडा गीतमा नाचगान

चुनाव प्रचारको नौलो अभ्यास, गुलाब बोकेर देउडा गीतमा नाचगान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डु क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाण्डुको बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट उम्मेदवार बनेका शाहीको सक्रियतामा नयाँ बानेश्वरमा गुलाबको फूल चुनाव चिह्न बोकेर देउडा नाच समेत देखाइएको थियो ।

देउडा सांस्कृतिक कार्यक्रम भन्दै चुनावी अभियानका रूपमा सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले गुलाब हातमा बोकेर देउडा गीतमा नाचगान गरेका थिए ।