निर्वाचन आयोगले भन्यो – चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू, कारबाही हुनेछ

निर्वाचन आयोगले भन्यो – चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू, कारबाही हुनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्नहरू प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ ।

यस्ता चिह्नहरूको प्रयोगले सुरक्षा जोखिम बढेको र शान्ति सुरक्षामा प्रतिकूल असर परेको गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवारहरूले तोकिएको मापदण्ड बमोजिम कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका निर्वाचन चिह्नहरू मात्र प्रयोग गर्न पाउनेछन् । तर चुनाव चिह्नको आकारमा बनाइएका धातु वा काठका भौतिक वस्तुहरू साथमा बोकेर हिँड्न वा प्रदर्शन गर्न पाइने छैन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन निर्देशिका–२०८२ ले तोकेको मापदण्ड विपरीतका सामग्री प्रयोग हुनु आचारसंहिता प्रतिकूल हुने आयोगको ठहर छ । ‘भौतिक स्वरूपका सामग्री बोकेर प्रचार गर्दा आमजनमानसको सुरक्षामा असर पर्ने र उजुरीहरू समेत प्राप्त भएकाले यस्तो कार्य नगर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आचारसंहिता–२०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र प्रचारप्रसार गर्न आयोगले सचेत गराएको छ । यदि कसैले सो नियमको विपरीत भौतिक सामग्री प्रयोग गरेको पाइएमा निर्वाचन आचारसंहिता बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

आसन्न फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आफ्ना नियमहरूलाई थप कडाइका साथ लागू गर्दै आएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति –