काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक हुने भएको छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना पनि आयोगले बनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ। ‘मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने हाम्रो योजना छ,’ उनले भने। उनका अनुसार समानुपातिकतर्फ मत गणना गर्न एकदुई दिन लाग्न सक्छ ।
आयोगका अनुसार उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको छ भने काठमाण्डु, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म मतपत्र पठाइने छ ।




प्रतिक्रिया