काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयमा बुधबार केन्द्रीय सुरक्षा समितिको विशेष बैठक बसेको छ ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्था र निर्वाचन लक्षित सुरक्षा चुनौतीका बारेमा विस्तृत छलफल भइरहेको छ ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति छ ।
मन्त्रालयका अनुसार बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला राजनीतिक तथा सामाजिक गतिविधिहरू र त्यसले निर्वाचनमा पार्न सक्ने प्रभावका बारेमा सुरक्षा प्रमुखहरूले ब्रिफिङ गरेका छन् । निर्वाचनको समयमा हुनसक्ने सम्भावित उच्छृंखल गतिविधि, सुरक्षा चुनौती र त्यसलाई नियन्त्रण गर्ने रणनीतिबारे बैठक केन्द्रित छ ।
बैठकले निर्वाचनलाई धाँधलीरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने थप सुरक्षा बलको परिचालन, समन्वय र विशेष सुरक्षा योजनाका सम्बन्धमा ठोस निर्णय लिने मन्त्रालयले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा निगरानीलाई तीव्र पारेको छ ।




प्रतिक्रिया