आचारसंहिता उल्लंघनमा बस्नेत र भुसाललाई कारवाही, २५ हजार जरिवाना

आचारसंहिता उल्लंघनमा बस्नेत र भुसाललाई कारवाही, २५ हजार जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले २ उम्मेदवारलाई कारवाही गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई कारवाही गर्ने निर्णय गरेको हो ।

आयोगले दुवैलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले श्रम शक्ति राजनीतिक दललाई २५ हजार जरिवाना गरेको छ ।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुनशमशेर जबराले २ जना प्रतिनिधिसभा सदस्य उम्मेदवार र १ राजनीतिक दललाई कारबाही गरिएको बताए । आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।