काठमाण्डु – निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म शुक्रबारदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।
सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिसका आधारमा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म शुक्रबारदेखि मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई पनि निर्देशन दिएको छ ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्ने आयोगले जनाएको छ ।




प्रतिक्रिया