देशैभर रास्वपा अगाडि, एमालेका चर्चित उम्मेदवार पछाडि

देशैभर रास्वपा अगाडि, एमालेका चर्चित उम्मेदवार पछाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – प्रतिनिधि सभा चुनावको मतगणना अधिकांश स्थानमा भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रको प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै स्थानमा अगाडि छ ।

प्रारम्भिक मतपरिणाम अनुसार काठमाण्डुसहित देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् ।

प्रारम्भिक नतिजामा एमालेका चर्चित उम्मेदवारहरू पछि परेका छन् । झापा–५ को प्रारम्भिक गणनामा रास्वपाका बालेन शाहले ८ सय १४ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने एमालेका केपी शर्मा ओलीले ३ सय ८४ मत ल्याए पच्छयाइ रहेका छन् ।

रुपन्देही–२ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पनि पछि परेका छन् । रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६ सय ९ मत पाएका छन् ।

यसैगरी काठमाण्डु–५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ४१२ मत र एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् ।

भक्तपुर–२ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि छन् । रास्वपाका राजीव खत्रीले २ हजार मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् ।