काठमाण्डु – निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ ।
आयोगले आईतबार धनुषा क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेर सर्वाेच्च अदालतबाट आदेश नआएसम्म निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ ।
आयोगले फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह ‘कमल’को नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको प्रमाण प्राप्त भएको भन्दै उम्मेदवारी खारेज गरेको थियो ।
सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउन आयोगको आईतबारको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।





प्रतिक्रिया