समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र नाम छनोट गर्न पत्राचार

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र नाम छनोट गर्न पत्राचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतगणना सकिएसँगै सिट बाँडफाँट गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सिट बाँडफाँटको आधिकारिक निर्णय सार्वजनिक गरेका हुन् ।

आयोगको निर्णयअनुसार समानुपातिकका ११० सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिष्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाउने भएको छ ।

निर्धारित सिटमा उम्मेदवारको नाम छनोट गरी ३ दिनभित्र पेश गर्न आयोगले सम्बन्धित राजनीतिक दललाई बिहीबारै पत्राचार गरेको आयोगले जनाएको छ ।