राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रियसभा  सदस्य पदका लागि उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आगामी जेठ ६ गतेका लागि गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको हो ।

कार्यतालिकाअनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २२ र २३ गते निवेदन तथा उजुरी उपर छानविन, २३ गते अन्तिम मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन, २५ गते उजुरी दिने, २६ र २७ गते मनोनयन पत्र, २७ गते उम्मेदवारको नामावली प्रकाशन, २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।