लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनः यी तीन जनाले गरेनन् मतदान

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनः यी तीन जनाले गरेनन् मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा तीन जनाले मतदान बहिस्कार गरेका छन् । रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा तीन जना अनुपस्थित भएका हुन् ।

अनुपस्थित हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा र बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह मतदानस्थलमा सहभागी नभएका हुन् ।

त्यस्तै कोरोना संक्रमित २७ जना जनप्रतिनिधिले मतदान गरेका छन् । जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।