काठमाण्डु – सरकारले आगामी चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति दिएको छ ।
शुक्रबार अर्थ मन्त्रालयले संसदीय निर्वाचनका लागि आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखको सहमति दिएको हो ।
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने जानकारी दिएको छ ।
सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गते निर्वाचनको घोषणा गरेको छ ।




प्रतिक्रिया