काठमाण्डु- स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत उम्मेदवारी दर्ताका लागि २ दिनको समय छुट्याइएको हो ।
निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुने आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ सम्म लिइसक्नु पर्ने छ ।





प्रतिक्रिया