उपनिर्वाचनको तयारीः निर्वाचन आयोगले उम्मेदवारी दर्ता मिति तोक्यो


काठमाडौं – निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ गते हुने जनाएको छ ।

आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि २५ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखसहित स्थानीय तहका ४८ रिक्त पदहरुको उम्मेदवारी दर्ता कात्तिक २७ गते गर्ने आयोगको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement