निर्वाचन आचारसंहिता : चुनावी प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने


काठमाण्डु – आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नपाइने भएको छ ।

निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने निर्वाचन आयोगले प्रस्ताव गरेको हो ।

भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको बताएको छ ।

यसअघिका निर्वाचनमा पनि सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।

यस्तै आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement