उपनिर्वाचनमा सत्तारुढ नेकपा र राजमोबीच गठबन्धन, ओली र केसीले गरे यस्तो सहमति

उपनिर्वाचनमा सत्तारुढ नेकपा र राजमोबीच गठबन्धन, ओली र केसीले गरे यस्तो सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा दुवै पार्टीका नेताबीच भएको छलफलमा चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

लिखित सहमति नभएपनि मौखिक रुपमा यसअघिको चुनावमा जुन पार्टीले जहाँ जितेको थियो, त्यही सिटमा समर्थन गर्ने गरी गठबन्धन गर्ने सहमति भएको राजमोका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

अध्यक्ष ओलीले विगतको निर्वाचनमा जसले जहाँ सघाएको थियो सोही सहकार्य यथावत राख्ने प्रस्ताव ल्याएको जनमोर्चाका अध्यक्ष केसीले बताए । आफूहरुले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको उनको भनाइ छ ।

यसअघिको प्रदेशसभा सदस्य निर्वाचनमा वाग्लुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । उनको निधन भएका कारण गण्डकी प्रदेशसभा सिटमा उपनिर्वाचन हुँदैछ । यसअघि जितेको सिटमा नेकपाले जनमोर्चालाई सघाउने गरी छलफल भएको अध्यक्ष केसीले बताए ।

यसअघिको निर्वाचनमा नेकपाले जितेका सिटमा जनमोर्चाले पनि नेकपालाई सघाउने सहमति भएको जनाइएको छ । छलफलमा दुवै पार्टीका अध्यक्ष ओली र केसीसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी लगायत नेता सहभागी थिए ।