यी हुन् सबैभन्दा बढी र कम उम्मेदवार भएका २० निर्वाचन क्षेत्र

यी हुन् सबैभन्दा बढी र कम उम्मेदवार भएका २० निर्वाचन क्षेत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरिसकेको छ । जसमा १० निर्वाचन क्षेत्रमा सबैभन्दा बढी र १० निर्वाचन क्षेत्रमा सबैभन्दा कमले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाण्डुको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन् ।

दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३ र काठमाण्डु निर्वाचन क्षेत्र नं.४ मा परेको छ । यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नं.३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं.३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाण्डु क्षेत्र न. ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ ।

तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाण्डु प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रहेको छ । यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ ।

चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र न.।४, काठमाण्डु निर्वाचन क्षेत्र नं.५ र काठमाण्डु निर्वाचन क्षेत्र नं.७ मा परेको छ । यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं.४ मा उम्मेदवारी दिने २९ जनाममा एक जना पनि महिला रहेका छैनन् । उम्मेदवारी दिनेहरुमा काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाण्डु निर्वाचन क्षेत्र नंं ७ मा २४ जना पुरुष र ५ जना महिला छन् ।

पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं.२ मा परेको छ । यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन् । छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं.२ मा परेको छ । यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी पर्ने १० निर्वाचन क्षेत्रमा काठमाडौंको निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र न.३, काठमाण्डु निर्वाचन क्षेत्र नं.४, काठमाण्डु निर्वाचन क्षेत्र नं.२, धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाण्डु निर्वाचन क्षेत्र न.५, काठमाण्डु निर्वाचन क्षेत्र नं.७, सुनसरी निर्वाचन क्षेत्र नं.२ र भक्तपुरको निर्वाचन क्षेत्र नं.२ रहेका छन् ।

सबैभन्दा कम उम्मेदवार कहाँ ?

त्यस्तै सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।

आयोगका अनुसार हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेन न.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ रहेका छन् ।

त्यस्तै रोल्पाको निर्वाचन क्षेत्र नं.१ र जुम्लाको निर्वाचन क्षेत्र नं.१ वाहेक अन्यमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन । हुम्लाको निर्वाचान क्षेत्र नं.१ र मनाङको निर्वाचन क्षेत्र नं.१ मा दिएका छन् । यी दुवै क्षेत्रमा तीन–तीन जनाको मात्र उम्मेदवारी परेको छ ।

दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङ्को निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा ४ जनाले उम्मेदवारी दिएका छन् ।
तेस्रो कम संख्यामा उम्मेदवारी अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र न.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यी सात वटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।