पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले भनेः मतदातालाई प्रभाव पार्ने गरी बजेट नल्याऊ

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले भनेः मतदातालाई प्रभाव पार्ने गरी बजेट नल्याऊ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रती, डा अयोधिप्रसाद यादव र कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले आगामी कात्तिक र मंसिरका लागि प्रस्ताव गरिएको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी नीति कार्यक्रम वा बजेट ल्याउन नहुने बताएका छन् ।

‘२०७८ कात्तिक मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तामान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किमिसका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।