सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइन्छ: आयुक्त थपलिया

सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइन्छ: आयुक्त थपलिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेकाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइने जनाएको छ।

आयोगको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरु चुनावी प्रचारप्रसारमा जान पाइने जानकारी दिएका हुन्।

निर्वाचन आचारसंहिता पालना गरेर चुनावी प्रचारप्रसारमा लाग्न राजनीतिक दल र तिनका नेताहरुलाई उनले आग्रह गरे।

हालसम्म ७१ जना व्यक्ति र संस्थालाई आचारसंहिता उल्लंघन गरेका विषयमा स्पष्टीकरण सोधेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघनका विषयमा निगरानी गर्न स्थानीय प्रशासनलाई पनि परिचालन गरिएको बताए।