काठमाण्डु – मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसका लागि ठूला तथा साना राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गरिरहेका छन् ।
उम्मेदवार सिफारिस भइरहँदा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु प्रत्यक्षमै उम्मेदवारी दिने तयारीमा लागेका छन् ।
कांग्रेसका सभापति शेरवहादुर देउवा, उपसभापति पूर्णवहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्दय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु उमाकान्त चौधरी, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठोर, महालक्ष्मी डिना उपाध्याय, फरमुल्लाह मन्सुर, बद्री पाण्डे र जीवन परियार सवै प्रत्यक्षमै उम्मेदवार बन्ने तयारीमा छन् ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महत, वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रत्यक्षमै चुनाव लडने तयारीमा छन् । तर कांग्रेस सत्ता गठबन्धनमा पनि रहेको र उसले माओवादी केन्द्र लगायतका अन्य ५ वटा दलसग चुनावी तालमेल गरेर चुनाव लड्ने तयारी गरिरहेकोले सवै पदाधिकारीले प्रत्यक्षमै टिकट पाउने सम्भावना भने केही कम देखिएको छ ।
खासगरी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, फरमुल्लाह मन्सुर, बद्रि पाण्डे, जीवन परियार र प्रवक्ता डा प्रकाशशरण महतलाई टिकट पाउनै मुश्लिक रहेको कांग्रेसकै नेताहरु बताउँछन् ।
तर उनीहरुको रहर भने प्रत्यक्षमै प्रतिनिधीसभाकै लागि चुनाव भिड्ने रहेको छ । कांग्रेसका यी नेताहरु आन्तरिक पार्टी कमिटिले गर्ने उम्मेदवार सिफारिसमा आ आफनो चुनावी क्षेत्रबाट भएका छन् । तर टिकट नै भने मिलिहाल्ने या नमल्निेमा समस्या रहेको देखिएको छ ।
एमालेबाट प्रत्यक्षतर्फ
नेकपा एमालेका शीर्ष नेताहरु पनि प्रत्यक्षमै उम्मेदवार बनने तयारीमा छन् । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पा्रसाद पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव टोपवहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई छबिलाल विश्वकर्मा, रघुविर महासेठ, पदमा अर्याल प्रत्यक्षमै चुनाव लड्ने तयारीमा छन् । त्यो पनि यी सवै नेताले प्रतिनिधीसभातर्फ नै उम्मेदवार बन्ने तयारी गरेका छन् ।
एमालेका पदाधिकारीमध्ये उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि प्रत्यक्षमै चुनाव लड्ने तयारी गरेका छन् । तर उनी भने प्रतिनिधीसभामा भन्दा पनि प्रदेश सभातिर चुनाव लडेर फेरि एकपटक गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा लागेका छन् ।
उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामवहादुर थापा (बादल) र उपमहासचिव विष्णु रिमालले भने प्रत्यक्षमा चुनाव लडने सोच बनाएका छैनन । यसमध्ये उपाध्यक्ष शाक्यले संसदीय राजनीति नै छोड्ने सोच बनाएकी छिन् । तर उपाध्यक्ष ज्ञवाली, बादल र उपमहासचिव रिमाल भने पार्टीले समानुपातिक उम्मेदवार बनाए उम्मेदवार हुने सोचमा छन् ।
माओवादीबाट
नेकपा माओवादी केन्द्रका तर्फबाट पनि पदाधिकारी वहुसंख्यक उम्मेदवार बन्न चाहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णवहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवहरु ह्रिवोल गजुरेल, पम्फा भुसाल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मात्रिका यादव सवैले नै प्रत्यक्षमै चुनाव लडने योजना बनाएका छन् ।
त्यस्तै सचिवहरुमा चक्रपाणि खनाल, हितराज पाण्डे, डिलाराम आचार्य, हितमान शाक्य, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, राम कार्कीले पनि प्रत्यक्षमै चुनाव लडने तयारी गरेका छन् । तर प्रत्यक्षमै चुनाव लड्ने यी नेताहरुले पनि गठबन्धनमा सिट बाँडफाँट गरेर चुनाव लडनु पर्ने भएकाले के कति नेताले टिकट पाउँछन् ? भन्ने सत्ता गठबन्धनको सिट बाँडफाँट टुग्गो नलाग्दा सम्म टुंग्गो छैन ।
सचिव दिनानाथ शर्मा र गणेश साहले भने प्रत्यक्ष उम्मेदवार बन्ने तिर खास रुची देखाएका छैनन । उनीहरुले समानुपातिक तर्फबाट उम्मेदवार हुनेतिर सोच बनाएका छन् । कोषाध्यक्ष श्रीराम ढकाल पनि प्रत्यक्षमा त्यक्ति चर्चामा छैनन । यसमध्ये कति नेताहरुले टिकट पक्का गर्छन् ? त्यो नै टुंग्गो छैन ।




प्रतिक्रिया