एमाले प्रवेश गरेका नेताले दिए निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको निवेदन

एमाले प्रवेश गरेका नेताले दिए निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगनमा निवेदन दर्ता गराएका छन् ।

माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजीको माग गर्दै बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरुले निवेदन दर्ता गराएका हुन् ।

माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन् । सर्वोच्च अदालतले नेपाल कम्युनियट पार्टी (नेकपा) खारेज गरेँसगै ब्यूतिएको एमालेमा प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रले पार्टीबाट हटाएको थियो ।