निर्वाचन आयोगद्वारा मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव

निर्वाचन आयोगद्वारा मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  निर्वाचन आयोगले आगामी मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्माओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले सोमबार भेट गरेर स्थानीय तहका रिक्त पदमा मंसिर दोस्रो साता उपनिर्वाचन गर्नेगरी तयारी गर्न सुझाएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको हो ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेको हो । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले प्रधानमन्त्री ओलीलाइृ जानकारी गराएको छ ।