एमाले नाफामा, कांग्रेस र माओवादी घाटामा

एमाले नाफामा, कांग्रेस र माओवादी घाटामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले ८८ राजनीतिक दलहरूको लेखा परीक्षण सार्वजनिक गरेको छ ।आयोगले आर्थिक वर्ष २०८०/८१ को ८८ राजनीतिक दलहरूको लेखा परीक्षण सार्वजनिक गरेको हो ।

आयोगमा कूल ११५ दल दर्ता भएपनि ८८ राजनीतिक दलले मात्रै लेखा परीक्षण प्रतिवेदन बुझाएका हुन् ।

दलहरूले आयोगमा बुझाएको विवरणअनुसार सबैभन्दा धनी दल नेकपा (एमाले) देखिएको छ । एमालेले आ.ब. २०८०/८१ मा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ भने ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

एमालेले आम्दानीको मुख्य श्रोत सदस्यता शुल्क रहेको जनाएको छ । सदस्यता शुल्कवापत एमालेले ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेस घाटामा देखिन्छ । कांग्रेसले गत आर्थिक वर्षमा २ करोड ५९ लाख ८ हजार ७ सय ७५ रुपैयाँ आम्दानी गरेको छ भने ४ करोड ९१ लाख ५६ हजार ३ सय ७५ रुपैयाँ खर्च विवरण देखाएको छ । कांग्रेसको आम्दानीको मुख्य स्रोत चन्दा छ । यो अवधिमा चन्दावापत कांग्रेसले १ करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको छ ।

तेस्रो ठूलो राजनीतिक दल नेकपा (माओवादी केन्द्र) को आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यस अवधिमा १ करोड ८६ लाख ५२ हजार आम्दानी भएको छ भने पार्टीको खर्च २ करोड २० लाख ७९ हजार रहेको छ । माओवादीको आम्दानीको मुख्य स्रोत सदस्यता, लेबी र नवीकरण शूल्क रहेको आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस अवधिमा सदस्यता, लेबी र नवीकरणमा माओवादीले १ करोड ८३ लाख ३९ हजार आम्दानी गरेको छ ।

त्यस्तै, संसद्को चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने दोब्बर घाटामा देखिएको छ । रास्वपाले आ.ब. २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेकोमा खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रहेको छ ।