काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद टुंग्याउन निर्वाचन आयोगले छलफल सुरु गरेको छ । पार्टीको आधिकारिकता विवादमा प्रचण्ड–नेपाल समूहले पटकपटक दबाब दिएपछि आयोगले छलफल सुरु गरेको हो ।
आज आयोगका पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताका लागि प्रचण्ड–नेपाल समूहले पेश गरेको दस्तावेजको अध्ययन गर्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
छलफल भएपनि नेकपाको आधिकारिकता बिवाद आजै टुंगिने सम्भावना नरहेको उनले बताए । प्रचण्ड–नेपाल समूहले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै आधिकारिकताका दाबी गर्दै आएको छ ।
केही समयअघि निर्वाचन आयोगले नेकपालाई पहिलेकै अवस्थामा रहेको भन्दै आधिकारिकताका विषयमा विवाद नरहेको निर्णय गरेको थियो । तर उक्त निर्णयले प्रचण्ड–नेपाल समूह असन्तुष्ट बनेको थियो ।




प्रतिक्रिया