एमाले प्रवेश गरेका नेतालाई पदमुक्त गर्न माओवादी केन्द्रको माग

एमाले प्रवेश गरेका नेतालाई पदमुक्त गर्न माओवादी केन्द्रको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले माओवादी केन्द्र त्यागेका नेताहरुलाई पदमुक्त नरिएको प्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो ।

तर, आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।

माओवादी छोडेर एमाले प्रवेश गरेका १८ जना बढी जनप्रतिनिधिलाई कारबाही गरिएको उनले बताए । तर प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए ।