काठमाण्डु – निर्वाचन आयोगले ४१ राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दललाई बुधबारदेखि लागू हुने गरी दर्ता खारेज गरेको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले अहिले खारेज भएका दलका नाम, झण्डा, चिन्ह एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णय गरेको छ ।
साथै खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ । ४१ दलको दर्ता खारेज भएपछि आयोगमा ९५ दलको मात्र दर्ता कायम रहन गएको आयोगले जनाएको छ ।






प्रतिक्रिया