काठमाण्डु – निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन एकै चरणमा गर्न सरकारलाई प्रस्ताव गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हुन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई सुझाव दिएको छ ।
प्रस्तावमा आयोगले निर्वाचनका लागि अनुमानित १२ अर्ब खर्च लाग्ने उल्लेख गरेको छ । त्यस्तै कोभिड संक्रमणप्रति सजग रहँदै स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेसमेत आयोगको प्रस्तावमा उल्लेख रहेको छ ।
निर्वाचन आयोगले सरकारलाई गरेको प्रस्ताव:




प्रतिक्रिया