काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहता विपरित सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गर्छौं ।’
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।




प्रतिक्रिया