प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले सरकारसँग माग्यो ११ अर्ब रुपैयाँ


काठमाण्डु – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि करिब ११ अर्ब रुपैयाँ बजेट माग गरेको छ ।

आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक पर्ने बजेटबारे शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement