आयोगले भन्यो : सामाजिक सञ्जालबाट निर्वाचनको मत सर्वेक्षण गर्न पाईदैन

आयोगले भन्यो : सामाजिक सञ्जालबाट निर्वाचनको मत सर्वेक्षण गर्न पाईदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग गरेर कुनै पनि उम्मेदवार वा राजनीतिक दलको मत सर्वेक्षण गर्न नपाइने बताएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आचारसंहिता लागु भइसकेको अवस्थामा बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले मत सर्वेक्षण र परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने बताएको हो ।

‘मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइंदैन,’ सहायक प्रवक्ताद्धारा जारी  विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आचारसंहिता विपरित कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।