निर्वाचन आयोगले नेकपा विभाजन अस्वीकृत गरेको पत्र ओली र प्रचण्ड–नेपाल समूहलाई पठायो (पूर्णपाठ)


काठमाण्डु – निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ । आयोगले दुवै समूहलाई ११ पुष्ठ लामो पत्र पठाएको छ ।

आयोगले प्रचण्ड र अ‍ोली समूहले पार्टी र चुनाव चिह्नबारेको दाबी राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ को उपनियम (५) बमोजिम त्यस्तो विवरणमा आयोग सन्तुष्ट हुन नसकेको बताएको छ ।

त्यस्तै नियम २५ को उपनियम (६) बमोजिम सो दलको साविकको विवरण नै कायम रहेको आयोगले निर्णय गरेको छ । गत आइतबार बसेको आयोगको बैठकले नेकपा विभाजनलाई कानूनी रुपमा अस्वीकृत गर्ने निर्णय गरेको थियो । आयोगले दुवै पक्षले थप गरेका अध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्य मान्य नहुने बताएको छ ।

प्रचण्ड–नेपाल समूहले नेकपाको अध्यक्षबाट ओलीलाई हटाएको थियो । त्यस्तै उक्त समूहले प्रधानमन्त्री अ‍ोलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको थियो । यता ओली समूहले पनि केन्द्रीय सदस्यको संख्या ४४१ बाट बढाएर १५०१ पुर्याएको छ ।

यस्तो छ आयोगले ओली र प्रचण्ड–माधव नेपाल समूहलाई पठाएको पत्र : 

 

प्रतिक्रिया दिनुहोस
Advertisement