काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको महाधिवेसन बारे निर्वाचन आयोगलाई जानकारी गराएको छ । कांग्रेसले बुधबार पत्र लेखेर कांग्रेसको महाधिवेशन भदौ १८ गतेदेखि नै सुरु भएको जानकारी गराएको छ ।
साथै अधिवेसनलाई क्रमिकरुपमा गर्दै जाने समेत जानकारी गराएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । ‘नेपाली कांग्रेसले भदौ १८ गतेबाट महाधिवेशन सुरु भएको जानकारी गराएको छ । क्रमिक रूपमा गर्दै जाने भनिएको छ,’ उनले भने ।
कांग्रेसको महाधिवेशन तालिकाअनुसार भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको छ । कांग्रेसको १४औँ महाधिवेशन आउँदो मंसिर ९–१३ का लागि तय गरिएको छ ।




प्रतिक्रिया