प्रचण्डको पक्षमा निर्वाचन आयोगको फैसला, माओवादी केन्द्रको दल दर्ता खारेज अस्वीकृत

प्रचण्डको पक्षमा निर्वाचन आयोगको फैसला, माओवादी केन्द्रको दल दर्ता खारेज अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले पूर्वमाओवादी केन्द्र दल दर्ता खारेजीको माग अस्वीकार गरेको छ ।

पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संवैधानिक तथा कानूनी प्रक्रिया पूरा गरेर दर्ता भएको पार्टीका विषयमा अन्य निर्णय गर्नुनपरेको जानकारी दिए ।

‘संवैधानिक तथा कानूनी प्रक्रिया पूरा गरेर दर्ता भएको छ । उक्त निवेदनमाथि केही गर्नुपरेन भनेका छौं’, प्रवक्ता श्रेष्ठले काठमाण्डुपाटीसँग भने ।

माओवादी केन्द्र परित्याग गरि एमालेमा गएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दे निवेदन दिएका थिए ।