काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ ।
अहिले यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमा पुगेका छन् । निर्वाचन आयोगको गत आइतबार बसेको बैठकले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई गरेको कारबाहिको सिफारिस कानुनसंगत नभएको भन्दै अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।
हिजो बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन अन्तर्गत पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । ५१ सदस्यीय कार्यकारिणीमा यादवसंग ३० सदस्य छन् ।




प्रतिक्रिया