निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुर पक्षलाई सनाखतका लागि बोलायो

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुर पक्षलाई सनाखतका लागि बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) फुटाएर नयाँ दल दर्ता गराएका माधव नेपाल र महन्थ ठाकुर पक्षलाई सनाखतका लागि बोलाएको छ ।

दुवै पार्टीलाई भदौ ९ गते बुधबार बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगको कार्यालयमा बोलाइएको आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाले बताए । नेपाल पक्षले नेकपा एकीकृत समाजवादी नामको दल दर्ताको निवेदन दिएको छ भने ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामको दल दर्ताको निवेदन दिएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा ९५ जना केन्द्रीय सदस्य छन । यस्तै ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेका छन् भने एक जना वरिष्ठ नेता थपिएको छ । यसअघि राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाइएकोमा अध्यावधिक विवरणमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको छ ।