नयाँ दल दर्ताका लागि प्रस्तावित सांसदबारे बुझ्न निर्वाचन आयोगले सभामुखलाई पठायो पत्र

नयाँ दल दर्ताका लागि प्रस्तावित सांसदबारे बुझ्न निर्वाचन आयोगले सभामुखलाई पठायो पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि प्रस्तावित सांसदहरुबारे सभामुख अग्नि सापकोटालाई सोध्ने निर्णय गरेको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ताका लागि माधव नेपाल र महन्त ठाकुरले निवेदन दिएपछि आयोगले निवेदनमा उल्लेखित सांसद सम्बन्धीत दलका हुन या होइनन् भन्ने यकिन गर्न सभामुख सापकोटालाई सोध्ने निर्णय गरेको हो ।

आयोगले निर्णय गरेर सभामुख सापकोटालाई पत्र पठाइसकेको आयोगले जनाएको छ । प्रस्तावित दुबै दलका सांसदहरुलाई आयोगले भदौ ९ गते सनाखतका लागि आयोगको कार्यालय बोलाएको छ ।