काठमाण्डु – निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर भाइरल गर्नेलाई पुरस्कार दिने भएको छ ।
आयोगले टिकटक बनाएर ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र ५० लाख ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको हो । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।
आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।
यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्र्ने जनाएको थियो ।




प्रतिक्रिया