निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो । छलपफल साढे ११ बजे आयोगको कार्यालयमा हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण बनाउन र राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्न निर्देशन दिएपछि आयोगले सक्रियता बढाएको हो।

दलहरुसँग राष्ट्रपतिले पनि एक चरण छलफल गरेका छन्। यद्यपी प्रधानमन्त्री सुशिला कार्की एवम् सरकारको तर्फबाट भने हालसम्म राजनीतिक दलसँग छलफल भएको छैन।

सरकारले निर्वाचन घोषणा गरेपनि एमाले र नेपाली कांग्रेसले संसद पुनःस्थापना हुनुपर्ने माग गरेका छन् भने माओवादी केन्द्र निर्वाचनमा जाने बताएको छ ।